Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीमा अनुशासनहिनता : एसपीले गृहमन्त्रीकै अगाडि गुट्का खाए, इन्सपेक्टरले सडकमै हवल्दार कुटे

प्रहरीमा अनुशासनहिनता : एसपीले गृहमन्त्रीकै अगाडि गुट्का खाए, इन्सपेक्टरले सडकमै हवल्दार कुटे

बुधवार , जेठ १, २०८२

काठमाडौं । कारबाही प्रणाली फितलो हुँदा नेपाल प्रहरीमा अनुशासनहीनता र अराजकता बढ्दै गएको छ। बुधबार सार्वजनिक भएका दुई घटनाले प्रहरीलाई बदनाम गराएको छ।

पहिलो घटना विराटनगरको हो। जहाँ गृहमन्त्री रमेश लेखक पुगेका थिए। लेखकले एक कार्यक्रममा निर्देशन दिइरहेको अवस्थामा मोरङका एसपी नारायण चिमोरियाले गुट्खा मुखमा हालेका थिए।

गृहमन्त्रीले थाहा पाउँछन् कि भन्दै लुकेर उनले गुट्खा खाएको भिडियो नै सार्वजनिक भएको थियो। यो घटनामा एसपी चिमोरियामाथि कारबाहीको माग उठेको छ।

यता काठमाडौंको नागढुंगामा ट्राफिकका इन्सपेक्टरले सहायक हवल्दारमाथि चट्कन हानेको भिडियो बुधबार नै भाइरल भएको छ । ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत इन्सपेक्टर जितेन्द्र साहले सहायक हवल्दार मदन खड्कालाई कुटेका हुन् ।

गाडी चेकजाँचको विषयमा यसरी कुटपिट गरेको घटनाले प्रहरीकै बेइज्जत भएको छ । कुनै गल्ती गरेमा विभागीय कारबाही गर्नुपर्नेमा सडकमै कुटपिट भएको हो ।

यस्तो घटनामा संलग्न इन्सपेक्टर शाहलाई त्यहाँबाट हटाइएको छैन । हवल्दार खड्का प्रहरी वृत्त थानकोटमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077