एजेन्सी । बुधबार राति भएको स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले पराजित गरेको छ ।
रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए ।
म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए । इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो ।
बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ ।