Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अखिल (क्रान्तिकारी) काठमाडौं समितिको मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौं समितिको मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न

बिहिवार , जेठ २, २०८२

काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिले विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व मन्त्री बर्शमान पुन ‘अनन्त’ ले गरेका थिए।

कार्यक्रममा संगठनका पूर्व अध्यक्ष पदम जोशी, रञ्जित तामाङ, वर्तमान अध्यक्ष विजय प्रकाश सापकोटा, उपाध्यक्षहरू सन्दीप पुन, कृष्ण सुनार, मदन ढकाल, बिराज थापा, महासचिव रोशन थापामगर, उपमहासचिव निर्मला गौतम, जटिल कार्की, निरोज श्रेष्ठ, सचिव बिरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, युन्छोहाङ माबो लिम्बू, प्रेम जैशी, कोषाध्यक्ष फूलमाया रानामगरलगायत विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।

विविध तहका विद्यार्थी नेताहरूको उल्लेखनीय सहभागिता रहेको यस खेलकुद कार्यक्रमले आपसी मित्रता, सहकार्य र संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्य राखेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077