Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

माओवादीको प्रश्न–शिक्षा विधेयक कहिले आउने हो ?

माओवादीको प्रश्न–शिक्षा विधेयक कहिले आउने हो ?

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सरकारले शिक्षा र निजामती कर्मचारी विधेयकमा उदासिन देखाएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तीले निजामती विधेयकमा उदासिनता र भूमि विधेयकमा हतारो किन ? भन्दै प्रश्न गरे ।

उनले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौताअनुसार शिक्षा विधेयकलाई समेत अगाडि नबढाएको आरोप पनि लगाए ।

उनले भने–‘निजामती विधेयकमा एक किसिमको उदासिनता र भूमि विधेयकमा चाहीँ छिटो पारित गराउन हतारो किन भएको सरकारलाई ? ‘प्रशासनिक संघीयतालाई कार्यान्वयन गराउनको लागि आवश्यक पर्ने निजामती ऐन हामीले अहिलेसम्म पनि पारित गराउन सकिरहेका छैनौं । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा निजमती ऐन किन आउन सकेको छैन ? यस विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

शिक्षकहरू पुनः आन्दोलन गर्ने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने–‘शिक्षक आन्दोलन भर्खरै सम्पन्न भएको छ । सरकारले सम्झौता समेत गरेको छ । यो सम्झौता अनुसार शिक्षा विधेयक कहिले आउने हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077