Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रि–बजेट छलफलमा पूर्वअर्थमन्त्रीले भने–हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन

प्रि–बजेट छलफलमा पूर्वअर्थमन्त्रीले भने–हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन

बिहिवार , जेठ २, २०८२

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन । ७५३ को सट्टा दुई सय बनाऔं । पायक पर्ने ठाउँमा बनाऔं दुईरतीन पालिकाको बीचमा । त्यसमा पूर्ण शक्ति लगाऔं, डाक्टर, नर्स र भवनको व्यवस्था गरौं ।’

तत्काल लोकप्रिय हुन नभएर दीर्घकालीन रुपमा अर्थ राख्ने खालको बजेट बनाउन उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077