Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बालेनले गरे चारवटा समितिका संयोजकको जिम्मेवारी हेरफेर, प्रवक्ताबाट हटाइए नवीन !

बालेनले गरे चारवटा समितिका संयोजकको जिम्मेवारी हेरफेर, प्रवक्ताबाट हटाइए नवीन !

बिहिवार , जेठ २, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिकाअन्तर्गत चारवटा समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका छन् ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको हो ।

पत्रमा उल्लेख गरिएअनुसार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजकको जिम्मेवारी हेरफेर गरिएको छ ।

यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजीना श्रेष्ठ संयोजक तोकिएका छन् । मेयर बालेनले नवीन मानन्धरलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई पुनः जिम्मेवारीमा फर्किन सहयोग गर्दै महानगर प्रमुख बालेनको आलोचना गरेका थिए । सोहीकारण बालेनले आफूलाई प्रवक्ताबाट हटाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077