काठमाडौं । सगरमाथा संवादका लागि भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव काठमाडौं आएका छन् ।
उनलाई वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।
उनलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि विमानस्थल पुगेका थिए।
आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी आउन नसक्ने भएपछि भारत सरकारले मन्त्री यादवलाई काठमाडौं पठाएको हो ।
शुक्रबार सुरु हुने संगरमाथा संवाद जेठ ४ गतेसम्म चल्नेछ ।