काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक डाकेका छन् ।
शनिबार २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बोलाइएको हो ।
बजेटमाथि छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।
टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद मोहन बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ।
मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । सो विषयमा पनि छलफल हुने बताइएको छ ।