Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको प्रचण्डको दाबी

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको प्रचण्डको दाबी

बिहिवार , जेठ २, २०८२

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताएका छन् ।

बिहीबार कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।’

भेटका क्रममा माओवादी केन्द्र चुरे गाउँ कमिटीले विभिन्न माग राख्दै अध्यक्ष दाहाललाई ज्ञापनपत्रसमेत बुझाएको थियो । माओवादी केन्द्रले शुक्रबारदेखि बैतडीबाट ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077