कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता खगराज भट्ट बनेका छन् ।
बिहीबार पार्टीका शीर्ष नेताको ‘दबाब’मा भट्ट १६ महिनापछि दलको नेतामा फर्किएका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दबहादुर पुन, महासचिव देव गुरुङलगायत नेताको उपस्थितिमा उनलाई दलको नेता चयन गरियो ।
माओवादीमा लामो समयदेखि सक्रिय भट्ट एकताका सुदूरपश्चिमको सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा थिए । तर, पार्टीभित्रको गुटगत लडाइँमा बीचमा उनलाई दलको नेताबाट हटाइएको थियो ।
२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई हटाउदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो ।