Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

देउवाको गढमै प्रचण्डको ‘मर्निङ वाक’, दामोदरको गृहमै अभियानको थालनी

देउवाको गढमै प्रचण्डको ‘मर्निङ वाक’, दामोदरको गृहमै अभियानको थालनी

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान आजबाट सुरु हुँदैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैतडीको पाटनबाट अभियानको सुरुवात गर्न लागेका हुन् ।

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अभियानमा खटिनेछन् । मध्यपहाडी अभियान दुई चरणमा सम्पन्न गर्ने माओवादीको योजना छ । दुवै चरणको अभियान जेठभित्रै सक्ने तयारी छ ।

उद्योगमन्त्री दामोदर भण्डारीको गृहजिल्लामा अभियान सुरुवात गर्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लामा प्रचण्डसहितका शीर्ष नेताहरुले 'मर्निङ वाक' गरेका छन् ।

यसअघि १२ फागुनदेखि १७ वैशाखसम्म माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077