Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । सगरमाथा संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु भएको बताएका छन् ।

यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको समेत उनले बताए ।

नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले भने–‘आशा गछौं, यो संवाद—त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्। हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौं। हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077