Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हङकङले अंक बाँड्दा नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

हङकङले अंक बाँड्दा नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५–५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।

आईसीसिको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिगपश्चात् २ वा बढी टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।

नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।

हङकङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर हङकङ १ जितमै सीमित भएको हो ।

९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३–३ टोलीबाट शीर्ष टोली सुपर थ्री मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।

नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077