Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गभर्नर नियुक्तिबारे प्रचण्डको गम्भिर आरोप

गभर्नर नियुक्तिबारे प्रचण्डको गम्भिर आरोप

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नगरेर राष्ट्र र जनताको हित विपरीत कार्य गरेको भन्दै गम्भिर आरोप लगाएका छन् ।

गभर्नर नियुक्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको उनको आरोप थियो ।

शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन् ।’

सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको बताएका उनले अगाडि भने–‘यो सबै कारणले सरकार गलत दिशा तिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077