Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षबीच भेटवार्ता

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुलाटारमा आज भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्नक बैंकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकरको प्राथमिकता रहेको सुनाए ।

उत्पादन र उत्पादकत्ववृद्धिका लागि थालेका काम सक्ने नति अनुुरुप आगामी बजेटबाट समयमा परियोजनाहरु सम्पन्न गर्ने गरी प्रबन्ध गरिने अवगत गराउँदै उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्धामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गरे ।

बैंकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077