Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । सगरमाथा संवादमा सहभागी हुन नेपाल आएका भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्री यादवबीच शुक्रबार ‘साइडलाइन’ भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा मन्त्री राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद दिएकी थिइन्।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताए।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो।

जलवायु परिवर्तन नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूका बीचमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077