Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

म राजनीतिक मान्छे हुँ, राज्यविरुद्ध अपराध गरेको छैन : रवीन्द्र मिश्र

म राजनीतिक मान्छे हुँ, राज्यविरुद्ध अपराध गरेको छैन : रवीन्द्र मिश्र

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले संगठित र राज्यविरुद्धको अपराध नगरेको स्पष्ट पारेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि हाजिरी जमानतमा हिरासतमुक्त भएका मिश्रले सो बारे स्पष्ट पारेका हुन् ।

उनले राज्यले आरोप लगाएजस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको बताए । आफू राजनीतिक मान्छे भएकाले राजसंस्था पुनर्स्थापनाका निम्ति काम गरेको उनको दाबी छ ।

“म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन,” उनले भने ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077