Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भारतका मन्त्री यादवले गरे नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतका मन्त्री यादवले गरे नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सगरमाथा संवाद २०२५ को अवसरमा नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा मन्त्री यादवले भारत सरकारको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्नुका साथै सगरमाथा संवादको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे ।

भेटमा ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धका साथै जनता–जनताबीचको गहिरो मित्रताको विषयमा दुवै नेताबीच गहन छलफल भएको थियो ।

साथै, वातावरण संरक्षणका क्षेत्रमा भारत–नेपाल सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरूबारे पनि विशेष छलफल गरिएको बताइएको छ ।

त्यसैगरी, सगरमाथा संवादको साइडलाइनमा मन्त्री यादवले नेपालकी परराष्ट्रमन्त्री राणासँग पनि महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटमा दुवै नेताहरूले जलवायु परिवर्तन, वातावरणीय संकट, तथा हरित प्रविधिको विकास लगायतका साझा चासोका विषयहरूमा द्विपक्षीय सहकार्यलाई विस्तार गर्ने विषयमा फलदायी विचारविमर्श भएको बताएको छ ।

सगरमाथा संवादजस्तो अन्तर्राष्ट्रिय मञ्चमा भारत–नेपालको सहकार्य र मित्रताको सन्देशले दुवै देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077