Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

युएईका सहायकमन्त्री र परराष्ट्रमन्त्री राणाबीच शिष्टाचार भेटवार्ता

युएईका सहायकमन्त्री र परराष्ट्रमन्त्री राणाबीच शिष्टाचार भेटवार्ता

शुक्रवार , जेठ ३, २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलाला र परराष्ट्रमन्त्री डा. आरजु राणाबीच भेटवार्ता भएको छ ।

सगरमाथा संवादको अवसरमा आज मन्त्री बलालाले परराष्ट्र मन्त्री राणाले भेटवार्ता गरेका हुन् ।

शिष्टाचार भेटका क्रममा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नवीकरणीय ऊर्जा, दिगो विकास तथा जलवायु परिवर्तनसम्बन्धी सहनशीलता जस्ता विषयहरूमा द्विपक्षीय सहकार्य विस्तार गर्नेसम्बन्धी कुराकानी पनि भएको बताइएको छ ।

भेटमा दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077