Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रचण्डको मध्यपहाडी यात्रा : प्रेम आलेको गढमा हिँडडुल, भीम रावलको नगरमा गर्जन !

प्रचण्डको मध्यपहाडी यात्रा : प्रेम आलेको गढमा हिँडडुल, भीम रावलको नगरमा गर्जन !

शनिवार , जेठ ४, २०८२

डोटी । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले डोटीमा रहेका छन् । शुक्रबार बैतडीबाट यो अभियान शुभारम्भ गरेर प्रचण्डसहितको केन्द्रीय टोली डोटी पुगेको हो ।

प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा मर्निङ वाक गरेको छ । सो क्रममा उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता र केही विद्यार्थीहरु पनि मर्निङवाक सहभागी छन् ।

उनी आज अछाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । जिल्लाको साँफे र मंगलसेनमा प्रचण्ले सम्बोधन गर्नेछन् ।

पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम आलेको जिल्लामा मर्निङवाक गरेका प्रचण्डले एमालेबाट निकालिएका तथा पूर्वमन्त्री डा. भीम रावलको गृहनगरमा भाषण गर्नेछन् । अछामको साँफेबगर डा. रावलको गृहनगर हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077