एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ पुनः आजबाट सुरु हुँदैछ ।
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल स्थगित भएको थियो । तर तनाव व्यववस्थापन भइ युद्धविराम भएपछि पुनः आईपीएल खेल सुरु हुन लागेको हो ।
पञ्जाब र दिल्लीबिच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो। आजको पहिलो खेल अर्थात ५८ म्याच बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजे हुने छ।
आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेको थियो ।