कास्की । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्याएको आरोप लगाएका छन् ।
आइतबार कास्कीको रूपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, 'माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्यायो । जात, लिङ्ग के-केको नाममा हिजो अस्तिसम्म दाजुभाइ भनेर मिलेर बसेको मान्छेहरू भड्किए ।'
उनले त्यसबेला माओवादीको उत्तेजनालाई कांग्रेसले रोकेको दाबी गरे ।