कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरी मन्त्री नियुक्त भएका छन्।
चौधरी आइतबार ९आज० प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन् । उनले आजै साँझ शपथ ग्रहण गर्ने जनाइएको छ।
चौधरी विवादका बाबजुद मन्त्री नियुक्त भएका हुन्। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने उनको नभई अर्का सांसद कैलाश चौधरीको नाम सिफारिस गरेकी थिइन् ।
यो विषयले रेशम चौधरी र रञ्जिता श्रेष्ठका बीचमा पुनः विवाद बढेको छ ।