काठमाडौं । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।
०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमिति संयोजक विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन तयार गरेको जानकारी दिए ।
१०१ दफामा परिमार्जन गरिएको,१३ वटा नयाँ दफा थप गरिएको,४ वटा दफालाई हटाइएको र ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरुपमा टुङ्गोमा पुराइएको उनले बताए ।
सरकारले शिक्षकहरूसँग असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो ।