Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बालेनले दिएको जिम्मेवारी तीन वडा अध्यक्षले गरे अस्वीकार

बालेनले दिएको जिम्मेवारी तीन वडा अध्यक्षले गरे अस्वीकार

आइतवार , जेठ ५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दिएका संयोजक जिम्मेवारी तीन जना वडा अध्यक्षहरूले अस्वीकार गरेका छन् ।

कार्यपालिका सदस्यसमेत रहेका ती वडा अध्यक्षहरूले संयुक्त रूपमा एउटा पत्र लेख्दै आफूलाई दिइएको 'समितिको संयोजक' पद स्वीकार नगर्ने जानकारी दिएका हुन् ।

पछिल्लो समय महानगरका मेयर बालेन्द्र साहसँग टसलमा रहेका दल बहादुर कार्की, वीरेन्द्र प्रजापति र  विनोद राजभण्डारीले जिम्मेवारी अस्विकार गरेका हुन् ।  

तीनै वडा अध्यक्षलाई २०७४ सालको कार्यसम्पादन नियमावलीको नियम १५ (१) अनुसार तीन वटा विषयगत समितिका संयोजकको जिम्मेवारी पत्रमार्फत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077