Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राष्ट्रियसभामा पनि मन्त्रीसँग प्रश्नोत्तर

राष्ट्रियसभामा पनि मन्त्रीसँग प्रश्नोत्तर

सोमवार , जेठ ६, २०८२

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । संसद् सचिवालयका अनुसार सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको विभागीय मन्त्रीले जावफ दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ५३ बमोजिम सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभासमक्ष पेस गर्नेछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्नेछन् ।

काननु, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077