विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
प्रदेश प्रमुख खापुङले प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ।