Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य, मनिषाले लिइन चार विकेट

विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य, मनिषाले लिइन चार विकेट

सोमवार , जेठ ६, २०८२

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।

यूएईले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११४ रन बनाएको हो।

यूएईका लागि कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन्। ३९ बलको सामना गरेकी उनले दुई चौका र एक छक्का हिर्काइन्।

तीर्थ सतीशले २१, हिना होतचन्दनी २० रन जोड्दा लावन्या केनीले १३ रन बनाइन्। नेपाली बलरसामू अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यूएईविरुद्ध टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन्। चार ओभर बलिङ गरेकी उनले २० रन दिएर चार विकेट हात पारिन्।

कविता कुँवरले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर दुई विकेट हात पर्दा राजमती ऐरीले चार ओभर बलिङ गर्दै २२ रन दिएर एक विकेट लिइन्। नेपालका अन्य कुनै पनि बलर चल्न सकेनन्। अब केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ। पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ।

आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077