Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सबै ताल जोखिममा रहेको भन्दै तिलगाउँका पहिरो पीडितको उद्धार गर्न सासंद लामाको आग्रह

सबै ताल जोखिममा रहेको भन्दै तिलगाउँका पहिरो पीडितको उद्धार गर्न सासंद लामाको आग्रह

सोमवार , जेठ ६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा सांसद लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ नै तहसनहस बनाएको भन्दै उनले उद्दारका लागि सरकारसँग आग्रह समेत गरे।

उनले तिलागाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद भोटेले भने–‘हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको लिमीस्थित तिलगाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ तहसनहस बनाएको छ । ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति पुगेको छ । काठका पाँचवटा पुल बगाएको छ । चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ ।’

तिलगाउँमा १८ घरका ३२ जना रहेको भन्दै उनले पहिरोपछि उनीहरू नजिकैको बारीमा त्रिपालको छानोमुनि बसिरहेको बताए ।

उनले भने–‘१८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेका छन् । २१ महिला, ९ पुरुष, दुई बालक जोखिममा छन् । अप्ठेरो र त्रसित अवस्थामा बसिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077