Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गुठी विधेयक ल्याउन सांसद सापकोटाको आग्रह

गुठी विधेयक ल्याउन सांसद सापकोटाको आग्रह

सोमवार , जेठ ६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गुठीको समस्याबाट देशैभर लाखौं नागरिक प्रभावित रहेको भन्दै समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै सांसद सापकोटाले गुठी विधेयक ल्याएर समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

उनले भने–‘‘जसको चोट उसैलाई सोध’ भनेजस्तै गुठीको पीडा भोग्नेलाई बढ्ता थाहा छ । यो पीडाबाट देशैभरका लाखौं नागरिक प्रभावित बनेका छन् । यससँग सम्बन्धित समस्याको गहिरो अध्ययन गरी समस्या समाधानका लागि गुठी विधेयक ल्याउन म सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

उनले आफ्नो निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि गुठीका धेरै समस्या रहेको चर्चा गरे । सिन्धुपाल्चोकमा १४६ वटा नाममा गुठी दर्ता भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077