Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गाउँपालिकाको असहमति हुँदाहुँदै निलम्बनमा परेका सांसदले गरे शक्ति प्रदर्शनसहित खानेपानी योजना उद्घाटन

गाउँपालिकाको असहमति हुँदाहुँदै निलम्बनमा परेका सांसदले गरे शक्ति प्रदर्शनसहित खानेपानी योजना उद्घाटन

सोमवार , जेठ ६, २०८२

सिन्धुपाल्चोक । टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेत तामझामसहित सिन्धुपाल्चोक पुगेर खानेपानी योजना उद्घाटन गरेका छन् ।

मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजीसहित लिसंखुपाखर गाउँपालिका पुगेका बस्नेतले वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी उद्घाटन गरेका छन् ।

२ नम्बर कांग्रेसले जितेको वडा हो । उनलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत–जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कटिङ गरेर ल्याएका थिए ।

हिजोमात्र गाउँपालिकाका अध्यक्ष राजु लामाले विज्ञप्ति निकाल्दै भ्रष्टाचार मुद्दामा मुछिएर निलम्बनमा परेको साथै योजनाको लागि कुनै भूमिका नखेलेको व्यक्तिबाट उद्घाटन गर्न लागिएको भन्दै पालिकाको सहमतिबेगर उद्घाटन नगर्न र जनप्रतिनिधि तथा कर्मचारीलाई पनि उपस्थित नहुन भनेका थिए ।

अध्यक्ष लामाले पालिकाको असहमतिबीच बस्नेतले जबर्जस्ती उद्घाटन गरेको बताए ।

बस्नेतले सुनकोशी गाउँपालिका–२ ठोकर्पा स्वास्थ्य चौकी भवनको पनि भोलि उद्घाटनको तयारी गरेका छन् ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पनि गाउँपालिकाको अनुमतिविना जबर्जस्ती उद्घाटन गरिए कानूनी, प्रशासनिक जटिलताको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्ने लिखित चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077