Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बालेन लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी – कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउनू

बालेन लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी – कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउनू

सोमवार , जेठ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउन निर्देशन दिएका छन् । 

गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै उनले सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने गरेको टिप्पणी गरे । 

कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रममा सधैँ नाम राखेर बोलाइरहने, तर नआउने गरेको भन्दै उनीहरूको प्रधानमन्त्रीले रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077