काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।
कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी आजदेखि १३ गतेसम्म निजी भ्रमणमा अमेरिका जाने भएकाले जोशीको अनुपस्थितिमा मियाँलाई कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय यज्ञराज जोशी मिति २०८२र२र५ देखि २०८२र३र१३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम सुदूरपश्चिम प्रदेशका प्रमुख माननीय नजिर मियाँलाई तोक्नु भएको छ ।’