काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि छिमेकी राष्ट्र चीन जाने भएकी छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनी जेठ १० गते चीनको बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको हो।
बेइजिङमा रहँदा उनले चिनियाँ उच्च तहका नेताहरूसँग भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ। यद्यपि चिनियाँ राष्ट्रपति सी चिनफिङँसँगको भेटवार्ता भने तय भएको छैन।