Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

हत्या गरिएका पत्रकार डेकेन्द्रका परिवारसँग प्रचण्डले भने–गल्ती स्वीकार गरिदिनुस्

हत्या गरिएका पत्रकार डेकेन्द्रका परिवारसँग प्रचण्डले भने–गल्ती स्वीकार गरिदिनुस्

सोमवार , जेठ ६, २०८२

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै १० वर्षे सशस्त्र युद्धका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट हत्या गरिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुगे ।

‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत अछाम हुँदै आइतबार दैलेख पुगेका प्रचण्ड सदरमुकामको जनसभालाई सम्बोधन गरेर त्यहीँ बास बसेका थिए ।

सोमबार बिहानै सदरमुकामको काँडाचौरदेखि गढीसम्म मर्निङ वाकमा निस्किएका उनले सदरमुकाममा रहेको डेकेन्द्रराज थापाको सालिकमा फुलमाला माल्यार्पण गरे । लगत्तै उनी थापाको घरमै पुगे ।

थापाको हत्याप्रति आत्मआलोचना गर्दै प्रचण्डले गल्ती भएको स्वीकार गरेका थिए । साथै प्रचण्डले थापाको परिवारप्रति आफ्नो पार्टीको उच्च सम्मान रहेको कुरा पनि राखेका थिए । परिवारले पनि आफूहरूबाट भएको गल्तीलाई स्वीकार गरिदिन प्रचण्डले अनुरोध गरे ।

द्वन्द्वकालमा माओवादीले थापाको अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो।

चार वर्षपछि उनको शव जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो। भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर शवको अस्थिपञ्जर संकलन गरेका थिए।

थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा माओवादीका जिल्ला स्तरीय नेता तथा कार्यकता रहेका थिए।

पछि उनीहरुलाई अदालतले पनि दोषी ठहर गरेको थियो। हत्यामा संलग्न तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

जसमा दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्का रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077