Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गगन थापाको प्रश्न–सबै हाम्रो भएको बेलामा पनि किन कांग्रेसीहरु खुशी नभएको त ?

गगन थापाको प्रश्न–सबै हाम्रो भएको बेलामा पनि किन कांग्रेसीहरु खुशी नभएको त ?

सोमवार , जेठ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन्।

सोमबार काठमाडौंमा सुवास घिमिरेले लेखेको बीपी कोइरालाको जीवन कथामा आधारित पुस्तक ‘सान्दाजु’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे।

उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने स्पष्ट पारे।

उनले भने–‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ। तर म एउटा अवसर पनि छ भनिरहेको छु । हामी नभएको ठाउँ नै छैन। पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार। अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब सबै हाम्रो। अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो। खुशी हुनुपर्ने नि त कांग्रेस त। सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077