Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

सोमवार , जेठ ६, २०८२

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले प्रचलित केही नेपाल ऐन कार्यान्वयन सन्दर्भमा देखिएका कठिनाइ तथा समस्यालाई सम्बोधन गर्न र कतिपय कानुनको प्राविधिक कमजोरीलाई सच्याएर प्रभावकारी बनाउन विधेयक ल्याइएको सदनलाई जानकारी दिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, गंगाकुमारी बेल्वासे, भुवनबहादुर सुनार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्णप्रसाद अधिकारीले सुझावसहित आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077