Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई भेट्न गएनन् देउवा, गभर्नर नियुक्ति थप अनिश्चित !

प्रधानमन्त्री ओलीलाई भेट्न गएनन् देउवा, गभर्नर नियुक्ति थप अनिश्चित !

सोमवार , जेठ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

सत्तासाझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे भेटवार्ता गर्ने तयारी थियो । तर, देउवा नगएपछि भेटवार्ता स्थगित भएको हो ।

दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन । यसअघि मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको थियो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको गभर्नर सिफारिस समितिको बैठक नबसेको भन्दै मन्त्रिपरिषद् बैठक नराखिएको बताइएको छ । यता प्रधानमन्त्री ओली विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न नचाहेको आरोप छ ।

यद्यपि यसअघि कांग्रेस र एमालेबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो । योसँगै गभर्नर नियुक्ति थप अनिश्चित बनेको छ । गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077