Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बालेन शाह भन्छन् - सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

बालेन शाह भन्छन् - सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

सोमवार , जेठ ६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको करप्सन सिस्टमलाई मद्दत गर्न नसक्ने स्पष्ट पारे । सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन् । त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए ।

'सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम,' उनले लेखेका छन्।

अगाडि उनले लेखेका छन्, 'जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077