Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिनँ पनि : राधिका शाक्य

पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिनँ पनि : राधिका शाक्य

सोमवार , जेठ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन् ।

सोमबार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । आफूले कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले उल्लेख गरिन् ।

“जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरूको व्यवस्थापन कसरी भएको छ, के भएको छ त्यो म जान्दिनँ । किनभने, म कुनै पनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिनँ पनि,” उनले भनिन् ।

हालसम्म ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, चारपटक प्रधानमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077