Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री सांसदले सोधेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री सांसदले सोधेका प्रश्नको जवाफ दिने

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077