Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

समान विचारधाराका वाम समूहलाई समाहित गर्ने एकीकृत समाजवादीको निर्णय

समान विचारधाराका वाम समूहलाई समाहित गर्ने एकीकृत समाजवादीको निर्णय

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले समान विचारधारा भएका पार्टी तथा स्वतन्त्र वामपन्थी समूहलाई आफूमा समाहित गर्ने भएको छ ।

कम्युनिस्ट दल निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह तथा विभिन्न कारणले पार्टी परित्याग गरेका नेतालाई एकीकृत समाजवादीमा फर्कन आह्वान गरिएको हो ।

पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले कम्युनिस्ट पार्टी स्थापनादेखि सांगठनिक सुदृढीकरणका निम्ति योगदान गरेका वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताए ।

केही नेताहरूको व्यवस्थापन टुंगो लगाएपछि यथाशीघ्र समाहित हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077