Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने कमल थापाको उद्घोस

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने कमल थापाको उद्घोस

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने बताएका छन् ।

त्यसका लागि राप्रपासहितका दलहरु एकढिक्का भएर लाखौं जनतालाई सडकमा उतार्ने अभियानमा होमिएको उनले बताए ।

आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा थापाले काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन आह्वान गर्ने जानकारी गराए ।

आफूहरु सडकमा उत्रिँदा सरकारले उत्तेजित बनाएर दमनको नीति लिन सक्ने आशंका गर्दै थापाले भने–‘हाम्रो रणनीति के हो भने यति धेरै जनता सडकमा उतार्नुपर्यो, सरकारले दमन गर्ने सोच्न पनि नसकोस् । हामीले काठमाडौंको सडकमा लाखौं जनता उतार्न सक्यौं भने काठमाडौं ठप्प हुन्छ र कुनै दमनले काम लाग्दैन ।’

उनले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै भने–‘एकप्रकारले भन्ने हो भने यो भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा हुन्छ । हामी भिडन्तमा जाँदैनौं । पक्कै पनि सरकारले भिडन्तमा उतार्न उत्तेजित बनाउनसक्छ । तर हामी संयमित भएर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाउँछौं । त्यसकारण भिडन्तबाट होइन, जनताको धेरैभन्दा धेरै उपस्थितिबाटै हामीले यो धरासायी हुन लागेको संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई ढाल्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077