Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री अस्वस्थ भएपछि कार्यसूचीबाट हटाइयो प्रश्नोत्तर कार्यक्रम

प्रधानमन्त्री अस्वस्थ भएपछि कार्यसूचीबाट हटाइयो प्रश्नोत्तर कार्यक्रम

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपनि अन्तिममा उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको संघीय सचिवालय जनाएको छ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ।

प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली आराम गरिरहेको जनाएको छ। सोमबार दिउँसो विदेशी पाहुनासँग भेटघाट गरेपनि साँझबाट असहज महशुस गरेका हुन्।

प्रधानमन्त्री अस्वस्थ भएपछि सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक समेत स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077