काठमाडौं । गृहमन्त्री रमेश लेखकले सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने नभएको बताएका छन् ।
मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नभएका बताएका हुन् ।
उनले भने, ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन । कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुँदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिएका सूचना हुन्छन् ।’
सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउँदै उनले जे माग्यो त्यही सूचना भने दिन बाध्य नहुने बताएका हुन् ।
उनले भने, ‘सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु, तर गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी हुँदैन । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनू ।’