Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संसदमा आक्रोशीत हुँदै शाहीले भने– कर्णालीलाई हेपेको भए तपाईँहरूको राज्यव्यवस्था सार्नुस्, हामी चलाएर देखाउँछौं

संसदमा आक्रोशीत हुँदै शाहीले भने– कर्णालीलाई हेपेको भए तपाईँहरूको राज्यव्यवस्था सार्नुस्, हामी चलाएर देखाउँछौं

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीबाट राज्य व्यवस्था सार्न सरकारलाई चुनौती दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै हुम्लामा गएको हिम पहिरोमा परेकाहरूको अझै उद्धार नगरेको भन्दै असन्तुष्टि जनाए।

उनले भने–‘मन्त्रीहरूको सवारी हुँदा सरकारी हेलिकप्टर घुमेको घुम्यै हुने, हुम्लामा हिम पहिरो गएर जनताहरू रोइरहेका छन्, यो सरकारले एउटा हेलिकप्टर पठाउन सकेको छैन। के कर्णालीलाई हेपेको हो ? यदि हेपेको हो भने कर्णालीलाई अलग बनाउनुस्, तपाईँको राज्यव्यवस्था कर्णालीबाट सार्नुस्। हामी चलाएर देखाउँछौँ।’

उनले हिम पहिरोले जनता मरिरहेको बेलामा सगरमाथा संवादको नाममा नाटक गरेको टिप्पणी गरे।

उनले हिम पहिरोमा परेकाहरूको उद्धार गर्नको लागि सरकारलाई रुलिङ गन पनि माग गरे। हिम पहिरोमा परेका जनताको उद्धार गर्न नसक्ने सरकारले के को सगरमाथा संवाद गरेको ? भन्दै उनले आक्रोशित हुँदै प्रश्न गरे ।

उनले भने–‘सगरमाथा संवाद रे के को संवाद, कहाँको संवाद ? कताको संवाद ? हिमपहिरोले मान्छे मारिराख्या छ । त्यता उद्धार छैन । यहाँ नाटकबाजी ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077