Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सांसदहरूलाई योजना सिफारिस गर्ने अधिकार दिँदा अनावश्यक प्रचार भयो : सूर्य थापा

सांसदहरूलाई योजना सिफारिस गर्ने अधिकार दिँदा अनावश्यक प्रचार भयो : सूर्य थापा

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास भएको बताएका हुन् ।

थापाले सांसदहरूलाई कोष नभएर योजना सिफारीस गर्ने अधिकार रहेको तर्क गर्दै भने, ‘सांसदहरूलाई कोष हैन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसविरुद्ध किन बकबास गरिन्छ ?’

निर्वाचन क्षेत्रको विकास प्रक्रियामा सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित रूपमा जोड्नु अनिवार्य
रहेको उनको भनाई थियो ।

थापाले सांसदले मतदाताको विश्वास जितेर आएको हुनाले बजेट सिफारीस गर्ने अधिकार हुने बताए ।

उनले भने, ‘वास्तवमा एक सय ६५ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आ-आफ्नो क्षेत्र जिल्लाको विकासमा सक्रिय योजना दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077