Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कांग्रेस सांसदहरूलाई रोशन कार्कीले भनिन् - गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री ?

कांग्रेस सांसदहरूलाई रोशन कार्कीले भनिन् - गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री ?

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसद्मा कम रहेको भन्दै आपत्ति जनाएकी छिन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्मा कम रहेको बताएकी हुन् ।

उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न गएको भन्दै प्रश्न गरिन् ।

उनले भनिन, ‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ । ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’

ठूलो पार्टी भइसकेपछि संसद्मा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077