काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले व्यक्ति र संस्थाको नाममा भएको कित्ता नम्बर र लालपुर्जा खारेज गर्नुपर्ने बताएका छन् ।
भूमि राज्यको स्वामित्वमा ल्याउनुपर्ने उनको भनाई छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा भूमिसम्बन्धी अध्यादेशको छलफलमा उनले भने, ‘भूमि राज्यको हुनुपर्छ । जति भूमि छ सबै सरकारको स्वामित्वमा ल्याउनुपर्छ । आवश्यकताको आधारमा समय अवधि कन्फर्म गरेर व्यक्ति र समूहलाई दिनुपर्छ । विभिन्न व्यक्ति र संघसंस्थाको नाममा कायम भएको स्वामित्व, कित्ता नम्बर र लालपुर्जा आजैदेखि खारेज गर्नुपर्छ ।’