Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

अलपत्र पुलको अनुगमन गर्दै सांसद श्रेष्ठले भने - ९ दिनभित्र सम्पन्न नभए खोलामा गाड्छु

अलपत्र पुलको अनुगमन गर्दै सांसद श्रेष्ठले भने - ९ दिनभित्र सम्पन्न नभए खोलामा गाड्छु

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको पुल १३ वर्षदेखि अलपत्र छ ।

एप्रोच नबनेकै कारण बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीयास्थित पुल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका सर्वसाधारणहरू आउजाउ गर्न समस्यामा छन् ।

पटक–पटक जनताले गुनासो गरेपछि पुलको अनुगमनमा पुगेका सांसद किसान श्रेष्ठले जेठ महिनाभित्र पुल सम्पन्न नभए ठेकेदारलाई नै खोलामा गाडिदिने भन्दै धम्की दिएका छन् ।

मंगलबार निरीक्षण गर्ने क्रममा उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई जेठ १५ गतेभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की दिएका हुन् ।

२०७९ सालको निर्वाचनका बेला सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार पुल निर्माणको काम सकिए पनि पुलको दुवै तर्फ एप्रोच नबनाइकन ठेकेदार कम्पनीले अलपत्र छाडिदिएको थियो ।

सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहतिको टोली लिएर मंगलबार अनुगमन गर्न बारा पुगेका सांसद श्रेष्ठले भने, ‘१५ जेठभित्र मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु । प्लिज मैले एकदम भद्र भएर बोल्या छु । आज ६ गते भयो । भोलि बिहान टिप्पर र १० एक्साभेटर ल्याउने । यस्तो पनि हो भन्या के ?’

आज बेलुकासम्म एउटा एक्साभेटर र दुइटा टिपर देख्नु पर्‍यो र भोली बिहानदेखि नै काम सुरु गर्नु पर्‍यो भन्दै उनले भने, ‘अन्तबाट केही गर्नु पर्दैन । ग्याबिन नापेर इन्जिनियर सा’बले भन्नुहुन्छ । ग्याबिन झार्दिने । १५ गते फिलिङ गरेर ढलान गर्ने । दुई जना ठेकेदार सा’ब सुन्नुस् है फेरि, यहाँ डीजी सा’बको अगाडि बोल्या छु । इन्जिनियर सा’ब पनि हुनुहुन्छ । १५ गते मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077